दार्चुला हिमपहिरोमा को-को परे ? (नामसहित)
दार्चुलामा गएको हिमपहिरोमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा डोटीको जोरायल९२ बुडरका नक्नी डोमा थापा, ईश्वरी थापा, क्षिभी सोमो थापा र दार्चुला दुहु(४ का कमला कुँवर र प्रवीण कुँवर रहेको प्रहरीले जनाएको छ ।
जोरायल(२ का खुर्पा थापा, छप्तेन थापा, पासाङ छरपेल बिष्ट, धुक्तेल थापा, हुम्लाको नाम्खा(५ का लाक्पा ग्याल्बो तामाङ, दार्चुला दुहु(४ का कलावती कार्की र अर्जुन कार्कीको सकुशल उद्धार गरिएको हो।
डिएसपी भट्ट सशस्त्र प्रहरीको २५ जनाको टोलीसहित मंगलबार साँझ घट्नास्थलमा पुगेका थिए । हिमपहिरो गएका बेला केही यार्सागुम्बा सङ्कलक दाउरा खोज्न त्रिपालबाट बाहिर निस्केका कारण ठूलो मानवीय क्षति हुन नपाएको उनले बताए ।
२० वैशाख २०८०, बुधवार ०८:०४ बजे प्रकाशित































