punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आईपीएल: शीर्ष स्थानको गुजरातमाथि पुछारको दिल्लीको रोमाञ्चक जित

Chaupati
safha napa

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ। मंगलबार राति भएको खेलमा दिल्लीले शीर्ष स्थानमा रहेको गुजरात टाइन्समाथि ५ रनको रोमाञ्चक जित हात पार्‍यो।

लो स्कोरिङ म्याचमा दिल्लीका बलरले उत्कृष्ट प्रदर्शन गर्दा गुजरात सस्तैमा समेटियो। अहमदाबादमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३० रनको सामान्य स्कोर बनाएको थियो।

दिल्लीका लागि अमन हाकिम खान सर्वाधिक ५१ रनसहितको अर्धशतकीय पारी खेले। उनले ३ चौका र ३ छक्काको मद्धतमा ५१ रन बनाए। अक्षर पटेलले २७ रन बनाए भने रिपल पटेलले २३ रन बनाए। दिल्लीका ओपन फिल साल्ट शुन्य रनमा आउट हुँदा अर्का ओपनर डेभिड वार्नर पनि मात्र २ रन बनाएर पेभिलियन फर्किएका थिए।

दिल्लीविरुद्ध गुजरातका मोहम्मद सामी एक्लैले ४ विकेट लिए। मोहित शर्माले २ तथा राशिद खानले १ विकेट लिए।

१३१ रनको सामान्य लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको गुजरात दिल्लीका बलकासामू भने कमजोर देखियो। गुजराले २० ओभर खेल्दा ६ विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो। गुजरातका हार्दिक पाण्ड्याले सर्वाधिक ५९ रन बनाए। अभिनव मनोहरले २६ तथा राहुल तेवातियाले २० रन बनाए। अन्य ब्याटरले दोहोरो अंक पनि जोड्न सकेनन्।


२० वैशाख २०८०, बुधवार ०८:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु