punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसीसी प्रिमियर कप :आज वर्षा नराेकिए भाेलि आजकै स्थितिबाट खेल सुचारु हुने, आजै भए ओभर घट्ने

Chaupati
safha napa

नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध भइरहेको छ । यदि वर्षाका कारण आज खेल हुन नसके भोलि आजकै स्थितिबाट खेल सुरु हुने छ । तर वर्षा रहे ओभर घटाइने छ ।

आज नेपालविरुद्ध पहिले ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन जोडेपछि पानी पर्दा अम्पायरले खेल रोकेका थिए ।

मौसमको अवस्था हेर्दा पानी रोकिएर आजै खेल सुचारु हुने सम्भावना कमजोर देखिएको छ । आज खेल हुन नसके भोलि २७.३ ओभरबाटै खेल सुचारु हुने छ । तर भोलि पनि वर्षा बाधक भए सुपर ओभरबाट नतिजा निकालिने छ ।

सुपर ओभर हुने स्थितिमा नेपालको आजको शानदार प्रदर्शन खेर जाने छ । तर यदि सुपर ओभरसमेत हुन नसके वरीयताका आधारमा नेपाल विजयी घोषित हुँदै एसिया कपमा छनोट हुनेछ ।


१८ वैशाख २०८०, सोमवार १४:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु