punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्तरियामा वन अतिक्रमण गरेर बनाइएका टहरामा डोजर चलाइयो

Chaupati
safha napa

कैलालीको अत्तरियामा अतिक्रमित वन क्षेत्र खाली गराउन वन कार्यालयले डोजर चलाएको छ ।

गोदावरी नगरपालिका अत्तरियास्थित चौकी डाँडामा अतिक्रमित वन र सडक क्षेत्र खाली गराउन सोमबार डोजर चलाइएको हो । डिभिजन वन कार्यालय कैलालीका निमित्त प्रमुख भीम ढकालले करिब ५ सय बढी घर टहरा हटाएको र हालसम्म हटाउने काम जारी रहेको जानकारी दिए ।

३ वर्षदेखि जंगल किनारमा टहरा निर्माण गरेर बस्दै आएकाहरुका घर टहरा भत्काएर पुरै क्षेत्र खाली गरिने निमित्त प्रमुख ढकालले बताए ।

वन डिभिजन कार्यालय, स्थानीय तह र स्थानीयसँगको सहकार्यमा अतिक्रमित वन क्षेत्र खाली गरिएको हो । अतिक्रमित वन क्षेत्र खाली गर्न वन सुरक्षाकर्मी तथा नेपाल प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।


१८ वैशाख २०८०, सोमवार १३:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु