सुनको भाउ सोमबार सामान्य घट्यो, कतिमा हुँदैछ किनबेच?
नेपाली पैसा काठमाडौं सुनको मूल्य सोमबार तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ ।
१८ वैशाख २०८०, सोमवार ११:४४ बजे प्रकाशित































