ललितपुर मेयर कप: महिला भलिबल तर्फको उपाधि पुलिस क्लबलाई, विष्ट उत्कृष्ट प्रशिक्षक घोषित
ललितपुर । ललितपुर मेयर कप खुल्ला महिला तथा पुरुष भलिबलको महिलातर्फको उपाधि पुलिस क्लबले जितेका छ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुलिसले महिला तर्फको उपाधि हात पारेको हो ।
पुलिसले एपीएफलाई २५–११, १९–२५, २५–१९ र २५–२२ को सेटमा पाखा लगायो ।
उपाधिसँगै विजेता टिम पुलिसले ट्रफी सहित २ लाख रुपैयाँ प्राप्त गरे गर्यो उपविजेता बनेको एपीएफले एक लाख रुपैयाँमा चित्त बुझायो।
पुलिस क्लब विजेता भएसँगै प्रशिक्षक रुपेशकुमार विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। उत्कृष्ट प्रशिक्षक घोषित भएका बिष्टले प्रमाणपत्र मेडल सहित नगद रुपैयाँ पाँच हजार प्राप्त गरेका छन्।
ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन र जावलाखेल भलिबल प्रशिक्षक केन्द्रका अध्यक्ष माधव खड्काले विजेता खेलाडी तथा टिमलाई पुरस्कृत गरेका थिए । ललितपुर महानगरको आयोजनामा वैशाख ९ गतेबाट सञ्चालित प्रतियोगितालाई जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले सञ्चालन गरेको हो ।
१७ वैशाख २०८०, आइतवार २१:०१ बजे प्रकाशित































