punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

के सुनका गहना नै हो त निरुको हत्याको कारण? प्रहरीले खोतल्दै पुष्टि हुने आधार

Chaupati
safha napa

कपन सरस्वती नगरकी निरा आचार्य पाण्डे हत्या प्रकरणमा एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। अभियुक्त समातिएसँगै घटनाका धेरै पाटाहरु खुल्दै गएको प्रहरीको दावी छ। शनिवार झापाको बिर्तामोडबाट समातिएका विनोद विकलाई प्रहरीले झापाबाट काठमाडौं ल्याउँदै छ।

प्रहरीसँगको प्रारम्भीक बयानमा विकले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको दावी छ। केन्द्रीय अनुसन्धान व्यूरो प्रमुख एआईजी किरण बज्राचार्यले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको बताइन्।

ुझापाबाट काठमाडौं ल्याइँदैछ। घटना स्वीकार गरेको अवस्था छ। तर थप सपोर्ट गर्ने प्रमाण सहित अनुसन्धान गरिरहेका छौं,ु एआईजी बज्राचार्यले भनिन्।

वैसाख ७ गते दिउँसो कपनको सरस्वती नगरमा पसल चलाउँदै आएकी बागलुङको बडीगाढ गाउँपालिका घर भएकी ३५ वर्षीय निरा आचार्य पाण्डेको हत्या भएको थियो। उनको शरीरमा धारिलो हतियारको डोब देखिएको थियो।

पक्राउ परेका युवकले सुनको गहना देखेर हत्या गरेको स्वीकार प्रारम्भीक वयानमा दिएको प्रहरीले जनाएको छ।

प्रहरीले निराको साथबाट लुटिएको सुन जुन ठाउँमा बिक्री गरिएको थियो, पहिचान गरिसकेको छ। त्यस्तै, सुन किन्ने पसलेलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

ुनिराको साथबाट लुटिएको सुन आफन्तले पहिचान गरिसकेका छन्। यो नै एउटा बलियो प्रमाण हो,ु अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

पक्राउ परेका युवक डान्स क्लबको बाउन्सर भएको समेत खुलेको छ। उनी केही समय यता जागिर छोडेर बसेका थिए। घटना भएपछि उनी भागेर झापा पुगेका थिए। प्रहरीले ट्र्याक गर्न नसकोस् भनेर उनले मोबाइलको सीम कार्ड समेत परिवर्तन गरेको खुलेको छ। प्रहरीले उनका वयानलाई लिएर थप प्रमाण संकलन गरिरहेको छ।

निशाको शरीरमा धारिलो हतियारले २० पटकसम्म प्रहार गरेको देखिएको छ। व्यस्त सडकमा दिउँसो भएको घटनामा प्रहरीले हत्याको समय समेत पत्ता लगाउन नसकेको भन्दै आलोचना जारी छ। सडकदेखि सदनसम्म हत्यारा पत्ता लगाउन दवाब बढेको छ। यता न्याय माग्दै परिवारले उनको शव बुझ्‍न अस्वीकार गरिरहेका छन्।


१७ वैशाख २०८०, आइतवार १२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु