punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टेकससमा फेरि चल्यो गोली, ५ जनाको हत्या गरि बन्दुकधारी फरार

Chaupati
safha napa

अमेरिकाको टेकससमा एक व्यक्तिले गोली चलाइ पाँचजनाको हत्या गरेका छन्। मृत्यु हुने सबै होन्डुरसका रहेको र त्यसमा एकजना ८ वर्षका बालकसमेत रहेको प्रहरीले जनाएको छ।

हाउसटनको क्लिभल्यान्डमा भएको सो घटनामा गोली चलाउने व्यक्ति मेक्सिकोका ३८ वर्षीय फ्रान्सिसको ओरोपेच रहेको प्रहरीले जनाएको छ। उनी हाल फरार छन्। ओरोपेच बन्दुकसहित फरार रहेकोले प्रहरीले उनको खोजीलाई तिब्र बनाएको छ।

ओरोपेचले जहिलै बन्दुक चलाइरहन छिमेकीहरुले बताएका छन्। प्रहरीलाई बारम्बार खबर गरे पनि केही नभएको उनीहरुले बताए। मृतकको परिवारले पनि ओरोपेचलाई गोली नचलाउन आग्रह गरेका थिए। त्यहीँ क्रममा उनले परिवारलाई नै मारेको हुन सक्ने अनुमान गरिएको छ।

टेकससमै गत साता एक पार्टीमा गोली चल्दा ९ जना घाइते भएका थिए।


१७ वैशाख २०८०, आइतवार ०८:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु