punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लामिछाने र वाग्लेले आज सांसद पदको शपथ लिँदै

Chaupati
safha napa

उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने भएका छन् । बारा–२ बाट निर्वाचित जसपाका उपेन्द्र यादव भने बारामै रहेकाले आज उनको शपथ ग्रहण नहुने भएको छ ।

लामिछाने र वाग्लेको बिहान साढे ११ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शपथ ग्रहण गर्ने सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

वैशाख १० गतेको उपनिर्वानमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने पाँच महिनापछि सोही क्षेत्रमा भएको उपनिर्वाचनमा झनै धेरै मतान्तरले विजयी भएका छन् । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको सासंद पद खारेज भएको थियो । पछि प्रक्रिया पुर्‍याएर पुनः नागरिकता कायम गरेपछि लामिछाने नै उम्मेदवार बनेका हुन् । उनी ५४ हजार १ सय ७६ मतसहित विजयी भएका थिए ।

यस्तै, तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १९ मतसहित निर्वाचित भएका थिए ।


१५ वैशाख २०८०, शुक्रवार १०:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु