punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शिक्षामा लगानी बढाउँछौँ;मुख्यमन्त्री शाह

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिक्षा क्षेत्रको सुधारका लागि विशेष प्राथमिकताका साथ लगानी गर्ने बताएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान सुदूरपश्चिम प्रदेशले शिक्षामा लगानी बढाउनुपर्ने मागसहितको ज्ञापनपत्र बुझ्दै उनले शिक्षा क्षेत्र महत्वपूर्ण भएकाले सो क्षेत्रमा सुधार गर्न आवश्यक अध्ययन गरिरहेको बताए ।

ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्नुपर्ने, समतामूलक समाज निर्माण गर्नुपर्ने, भौतिक पूर्वाधार सुधार्नुपर्ने र प्राविधिक शिक्षामा जोड दिइएको छ।

उक्त अभियानका संयोजक हेमराज जोशीले सरकारलाई शिक्षामा लगानी बढाउनुका साथै निःशुल्क शिक्षा प्राप्त गर्ने अवसरबाट कोही कसैलाई वञ्चित गर्न नहुनेमा जोड दिए ।


१५ वैशाख २०८०, शुक्रवार १०:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु