बारा २ मा कडा टक्कर, उपेन्द्रमाथि शिवचन्द्रको साँघुरो अग्रता
काठमाडौं । बारा २ मा जसपाका उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहबीच कडा टक्कर परेको छ ।
पछिल्लो अपडेटमा कुशवाह १ हजार १४६ मत ल्याएर अगाडि छन् । उनलाई जसपाका यादवले १ हजार ११७ मत ल्याएर पछ्याइरहेका छन् ।
यस्तै एमालेका पुरुषोत्तम पौडेलले ५३८ ल्याएका छन् भने रास्वपाका रमेश खरेलले २४४ मत ल्याएका छन् ।
११ वैशाख २०८०, सोमवार १७:०० बजे प्रकाशित





























