punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घोडाघोडीमा सुविधा सम्पन्न धर्मशाला बन्दै

Chaupati
safha napa

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडीमा धर्मशाला निर्माण हुँदै छ। राष्ट्रिय योजना आयोगको सहयोग, घोडाघोडी नगरपालिकाको समन्वय र राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको पहलमा धर्मशाला निर्माण हुन थालेको हो।

तीन वर्षमा सम्पन्न हुने गरी योजना आयोगले घोडाघोडीमा धर्मशाला निर्माणका लागि आर्थिक वर्ष २०७८र७९ मा छ करोड ६३ लाख रुपियाँ बजेट छुट्याएको छ। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव लक्ष्मीप्रसाद भट्टराईले पहिलो चरणमा एक करोड ५० लाख बजेट धर्मशाला निर्माणका लागि नगरपालिकामार्फत आइसकेको जानकारी दिए ।

मालिका मष्टा निर्माण सेवा कम्पनीले आगामी मङ्सिरसम्म सम्पन्न गर्ने गरी तीनतले भवन निर्माणको जिम्मा पाएको छ। निर्माण कम्पनीका सञ्चालक भूमि जैसीले सम्झौताअनुसारको मितिभन्दा अगाडि नै भवन निर्माणको काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

धर्मशाला निर्माणका लागि राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले आर्थिक वर्ष २०७७/७८ देखि पहल गर्दै आएको थियो। मन्दिर व्यवस्थापन समितिका सचिव भट्टराईले आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सरकारबाट २० लाख अनुदान सहयोगबाट पाँच कोठा सटर निर्माण भएको बताए ।

घोडाघोडीमा धर्मशाला निर्माण हुने भएपछि जनस्तरबाट समेत सहयोग जुट्न थालेको छ। सचिव भट्टराईले ११४ जना स्थानीयबाट छ लाख सहयोग जुटेको जानकारी दिनुभयो। सो सहयोग रकम धर्मशालाको संरचना निर्माणमा खर्च गरिएको छ।

धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडीमा धर्मशाला आवश्यक रहेको बताउँदै धर्मशाला निर्माण समितिका सदस्य मैना ढकालले सरकारले समयमै आवश्यकता महसुस गरेर बजेट छुट्याई राम्रो काम गरेको बताइन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको घोडाघोडी मन्दिर तथा तालभन्दा पाँच सय मिटर पूर्व राधाकृष्ण मन्दिर भएको क्षेत्रमा धर्मशालाको भौतिक संरचना निर्माण भइरहेको छ। सुविधासम्पन्न धर्मशाला निर्माणपछि घोडाघोडी आउने दर्शनार्थी तथा पर्यटकको बसाइमा सहज हुने विश्वास लिइएको छ।


६ वैशाख २०८०, बुधवार ०९:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु