punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिँदै

Chaupati
safha napa

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज भारत लगिने भएको छ।

उनलाई आज बिहान साढे ९ बजे श्री एयरको विमानमार्फत भारत लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पौडेलले जानकारी दिए।

उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् ९एम्स० मा उपचार हुनेछ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

त्यसदिन उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो।

स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले उनलाई निवास फर्काएको थियो।

तर, हिजो फेरि स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो।


६ वैशाख २०८०, बुधवार ०९:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु