punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसदमा माफी माग्दै रास्वपाले भन्यो– विगतका यस्तै अरू घटनाको पनि छानबिन हुनुपर्छ

Chaupati
safha napa

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा माफी मागेको छ ।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सो पार्टीका सांसद सन्तोष परियारले पार्टीले उक्त टेलिफोन संवादलाई गम्भीर रूपमा लिएको बताए । श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साढे दुई करोड रुपैयाँ मागेको विवादास्पद टेलिफोन संवाद आइतबार सार्वजनिक भएको थियो ।

‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत घटेको घटनाले तपाईंहरूको सम्मानमा परेको चोटप्रति हामी क्षमा चाहन्छौँ । संसद्को गरिमा बढाउने राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा हामी अक्षुण्ण रहनेछौँ । यो घटनाले हामीलाई कतै पनि विचलित गर्नेछैन भन्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु,’ सांसद परियारले भने ।

यद्यपि, उक्त घटना नेपाली राजनीतिमा पहिलो नभएको भन्दै परियारले विगतका घटनाहरूको पनि छानबिन गर्नुपर्ने धारणा राखे ।  उनले भने, ‘नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन् । तर, ती सबैको सत्यतथ्य छानबिन हुन सक्यो भने लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता अझ प्रतिबद्ध हुन्छ भन्ने हामीलाई लाग्छ।


२७ चैत २०७९, सोमवार १५:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु