punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय युवा संघ कैलालीको अधिवेशन आगामी १७ गते सुखडमा हुने 

Chaupati
safha napa
कैलाली । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल कैलालीको जिल्ला अधिवेशन आगामी १७ गते हुने भएको छ । राष्ट्रिय युवा संघ कैलाली आयोजक कमिटीको बैठकले १७गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
नवौँ अधिवेशन कैलालीको सुखडका आयोजना गर्ने निर्णय भएको आयोजक कमिटी संयोजक शिवराज चन्दले बताए । उनले अधिवेशनको लागि तयारी समेत थालिएको बताए । चन्दका अनुसार अधिवेशनका लागि बिभिन्न उपसमिति समेत गठन गरिएको छ ।
कैलालीमा करिब १३ बर्ष पछि अधिवेशन हुन लागेको चन्दले बताए । ‘हामीले संगठन बलियो बनाउने गरि अधिवेशनमा लागिरहेका छौँ’ उनले भने ‘अहिले सबै सदस्यहरू यसमा खटिनु भएको छ ।’

१२ चैत २०७९, आइतवार १८:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु