punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब पाएनन्, उपमहानगरपालिकामै धर्ना

Chaupati
safha napa

६ महिनादेखि तलब भत्ता नपाएको भन्दै धनगढी उपमहानगरपालिका अन्तर्गत कार्यरत स्थायी स्वास्थ्यकर्मीहरू काम ठप्प पारेर धर्नामा बसेका छन् । उनीहरुले गत असोज महिनादेखिको तलब भत्ता नपाएको गुनासो गर्दै दबाबमूलक कार्यक्रम अघि बढाएका हुन् ।

धनगढी उपमहानगरपालिकामा कार्यरत वडा तहदेखि उपमहानगरको कार्यालयमा कार्यरत ५४ जना स्वास्थ्यकर्मीले तलब भत्ता नपाएको बताएका छन् । बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि धर्नामा बस्नु परेको स्वास्थ्यकर्मी गीता भट्टले बताइन् ।

माग सुनुवाइ नभएसम्म उपमहानगरपालिकाको प्रशासन शाखामा हाजिरी गरेर नगरपालिकाको चौरमा कालो पट्टिसहित दिने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने, दैनिक रुपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने लगायतका दबाबमूलक कार्यक्रम गर्ने बताएका छन् ।


१२ चैत २०७९, आइतवार १७:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु