punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, दुई जना घाइते

Chaupati
safha napa

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हिजो राति मोहन्याल गाउँपालिका–५ तालबन्दस्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा गौरीगङ्गा नगरपालिका–७ का ४५ वर्षीय चक्रबहादुर जेठाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

से २ त २८५० नम्बरको उक्त ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका जेठाराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल दीप चन्दले जानकारी दिए।

दुर्घटनामा मोहन्याल गाउँपालिका–५ की २० वर्षीया निर्मला रोका मगर र सोही ठाउँकी ४० वर्षीया गौमती विक घाइते भएका छन्। प्रहरीका अनुसार उनीहरुको मसुरियास्थित मेडिकलमा उपचार भइरहेको छ।


१२ चैत २०७९, आइतवार ०९:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु