punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ललितपुर मेयर कप क्रिकेट : सुदूरपश्चिम विजयी

Chaupati
safha napa

ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेश जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ।

सुदूरपश्चिमले मधेस प्रदेशलाई आज सम्पन्न खेलमा सात विकेटले पराजित गरेको हो। ऋतुले अविजित २१ रनको योगदान दिनुका साथै विपक्षी टोलीको दुई विकेटसमेत लिइन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेस प्रदेशले निर्धारित २० ओभरको खेलमा १९ ओभर खेल्दै सवै विकेट गुमाएर ६५ रन बनायो। सुदूरपश्चिमले ६६ रनको विजयी लक्ष्य १० दशमलव तीन ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो। सुदुरपश्चिमको यो लगातार दोस्रो जित हो।

सुदूरपश्चिमका लागि कनौजियाले अविजित २१, रुबी पोदारले अविजित १४ तथा कप्तान विन्दु रावलले १० रनको योगदान दिइन्। बलिङतर्फ मधेसका लागि अनुराधा चौधरी, सरस्वती चौधरी र सन्तोषी चौथरीले एक एक विकेट लिइन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेसका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५÷१५ रन बनाएका थिए। बलिङतर्फ सुदूरपश्चिमका लागि लक्ष्मी साउदले तीन, ऋतु कनौजिया र सम्झना खड्काले दुई दुई तथा इश्वरी विष्ट र कविता जोशीले एक एक विकेट लिइन्।

जितसँगै सुदुरपश्चिमले तीन खेलबाट चार अङ्क जोडेको छ। सुदूरपश्चिम अङ्क तालिकाको दोस्रो स्थानमा छ।

मधेस प्रदेश अङ्कबिहीन बन्दै पुछारमा छ। कीर्तिपुर मैदानमा कोशी प्रदेश र एपीएफ क्लबबीच दोस्रो खेल भइरहेको छ। कोशीले जितका लागि एपीएफ क्लबलाई ८८ रनको लक्ष्य दिएको छ।


११ चैत २०७९, शनिवार १७:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु