punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराको बुढीनन्दा क्याम्पसमा विद्यार्थी सङ्गठनबिच झडप, प्रहरीद्वारा हवाई फायर, मतदान रोकियो

Chaupati
safha napa

बाजुराको बुढीनन्दा क्याम्पसमा झडप भएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लिएर नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरूबिच झडप भएको हो।

मतदानको क्रममा दुई पक्षबिच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए। उनका अनुसार
प्रहरीले भिड नियन्त्रण गर्नका लागि अश्रुग्याँस र हवाई फायर समेत गरेको थियो ।

मतदान सुरु भए लगत्तै विवाद भएको थियो फेरी समस्या हल गरेर मतदान गरिएकोमा पुन झडप भएपनि अहिले मतदान अवरुद्ध रहेका प्रहरी प्रमुख बोहराले बताए । अहिले सर्वदलीय छलफल सुरु भइरहेको छ । प्रहरीले एक जना विद्यार्थीलाई नियन्त्रणमा लिएको जनाएको छ ।


५ चैत २०७९, आइतवार १४:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु