punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड विरूद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

Chaupati
safha napa

प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतको वेबसाइटका अनुसार श्रेष्ठको इजलासमा आज चौथो नम्बरमा यो रिट छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार प्रचण्डविरूद्ध दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो।

अधिवक्ता आरण र बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका छन्।

१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए। उक्त विषयमा प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै उनीहरूले रिट दर्ता गराएका थिए।

यसअघि गत शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले प्रचण्ड विरूद्ध उनीहरूले दिएका रिट दर्ता गर्न आदेश गरेको थियो।

यसअघि कात्तिकमा यही माग लिएर उनीहरू सर्वोच्च गएका थिए। सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरेपछि त्यसविरूद्ध निवेदन दिएका थिए। सोही निवेदनमा उक्त इजलासले सुनुवाई गर्दै दरपिठ गर्ने निर्णय बदर गरी रिट दर्ता गर्न भनेको थियो।

त्यसपछि आरण र बुढाथोकी रिट दर्ता गर्न सर्वोच्च गएका हुन्।


२५ फागुन २०७९, बिहीवार ११:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु