सौंराई नारी सम्मानबाट धनगढीका ९ जना महिला सम्मानित
धनगढी । धनगढीको सौंराई स्क्वायरले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका धनगढीका नौ जना महिलालाई सम्मान गरेको छ ।
१ सय १३ औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा स्क्वायरले धनगढीमा रहेर समाजका बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका महिलाहरुलाई सौंराई नारी सम्मान बाट सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा धनगढीका निर्मला बागचन्द, सरिता कठायत, गोबिन्दी भट्ट, उन्नति चौधरी ,भारती कुवर, सुल्जित कौर, गिता आले, रमा चन्द र रुपा राइ रहेका छ्न् । उनिहरुलाइ धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले प्रमाणपत्र तथा नगद प्रदान गर्दै सम्मान गरेकी हुन् ।
सम्मानपत्र वितरण गर्दै रानाले अबको बिकास मानविय बिकास मावविय बिकास हुनुपर्ने बताइन् । मानविय बिकास भए मात्रै हरेक महिलाले स सम्मान जिउन पाउने बताउँदै उनले महिलाको सम्मानका लागी अन्तरक्रिया तथा सचेतनात्मक काममा उप महानगरपालिका लागेको जानकारी दिइन् ।
सौराई स्क्वायरले आयोजना गरेको सम्मान कार्यक्रमले महिलाहरुलाई आफ्नो क्षेत्रमा थप काम गर्ने हौसला मिल्ने बिश्वास ब्यक्त गर्दै उनले सामाजिक बिभेद अन्त्य गर्नका लागी उप महानगरपालिका हरेक निकायसंग सहकार्य गर्न तयार रहेको बताइन् ।
२४ फागुन २०७९, बुधवार २२:१६ बजे प्रकाशित






























