गोदावरी र अत्तरिया क्षेत्रमा बन अतिक्रमण बढ्यो, सरोकारवाल निकाय मौन
कैलालीको गोदावरी र अत्तरिया क्षेत्रमा वन अतिक्रमण बढेको छ। सडक किनारमा जमिन अतिक्रमण गरी बनेका टहरा यतिबेला पक्की घर बन्दै गइरहेका छन् ।
सुदूरपश्चिम प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा हालसम्म २१ हजार एक सय ५४ दशमलव ७७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको तथ्याङकका आधारमा यो २१ प्रतिशत हो।
सुदूरपश्चिम प्रदेश सरकारले २०७५ सात असोज १२ गते तेघरीमा राजधानी तोकेलगत्तै सो क्षेत्र अतिक्रमणको उच्च चपेटामा पर्दै गएको छ। गोदावरी नगरपालिका–३ गैरीगाउँमा रहेको नवज्योति सामुदायिक वनको खाली क्षेत्रमा जग्गा हडप्ने उद्देश्यसका साथ यतिबेला टहरा निर्माण भएको स्थानीयको आरोप छ।
अत्तरिया क्षेत्रमा वन अतिक्रमण बढेको स्वीकार गर्दै धनगढी डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले अतिक्रमण रोक्ने काम वन कार्यालय एक्लैको प्रयासले मात्र सम्भव नहुने बताए।
२४ फागुन २०७९, बुधवार १५:४५ बजे प्रकाशित






























