punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते

Chaupati
safha napa

– दार्चुलामा मङ्गलवार आज बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

दार्चुलाकाे महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

जीपमा भारतीय नागरिक रहेका बताइएको छ। भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्ने आएका बुझिएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । जीप बाङ्गाबगरको जीपपार्कबाट लास्कु खोलामा खसेको हो ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकोछ ।


२३ फागुन २०७९, मंगलवार १२:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु