कैलालीमा चर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायीको आन्दोलन (तस्बिरहरू)
बैङ्क तथा वित्तीय संस्थाहरूले लिइरहेको चर्को ब्याजदरविरुद्ध कैलालीमा उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले बिहान ११ बजे सम्म बजार बन्द ,¥याली तथा कोणसभा गरिरहेका छन् ।
आज पनि धनगढीको चौराहाबाट सुरु भएको विरोध ¥याली जिल्ला प्रशासन कार्यालय अघि पुगेर कोण सभामा परिणत भएको थियो ।
बिभिन्न उद्योगी व्यवसायीहरूले सरकारले तत्काल चर्को ब्याजदर घटाउन माग गरेका थिए
१८ गते व्यवसायीहरूले बैङ्कमा कारोबार नगर्ने ‘नो डिपोजिट’ मार्फत विरोध जनाउने तयारी छ । त्यस्तै २० गते सङ्घर्ष समिति निर्माण गर्ने र आन्दोलन अघि बढाउने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूसँगको समन्वयपछि आन्दोलनका कार्यक्रम तय गरिएको थियो । सोहीअनुसार कैलाली जिल्लामा आन्दोलन १५ गतेबाट सुरु भएको हो ।









१६ फागुन २०७९, मंगलवार ११:०९ बजे प्रकाशित





























