punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको पञ्चकन्या क्लिनिकको बदमासी : बाहिर एउटा डाक्टरको प्रचार, भित्रै अर्कै डाक्टरबाट उपचार

Chaupati
safha napa

कैलाली । कैलालीको धनगढीमा रहेको पञ्चकन्या क्लिनिकले बिरामीलाई छलेको पाइएको छ । बाहिर एउटा डाक्टरको प्रचार गरेर भित्र अर्कै डाक्टरबाट उपचार हुने गरेको खुलेको हो ।

मंगलबार बिहान सम्म यहाँ बरिष्ठ छाला (चर्म), कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. सुमित पाण्डे रहेको भन्दै बाहिर बोर्ड राखिएको थियो । तर, भित्र भने डा. जयराज जोशीले परीक्षण गरिएका थिए ।

जोशी पनि विशेषज्ञ चिकित्सक हुन् । तर, पाण्डे यस क्षेत्रमै कहलिएका डाक्टर हुन् । बाहिर पाण्डेको बोर्ड राखेर भित्र जोशीले परीक्षण गर्दा धेरैले यसलाई पञ्चकन्या क्लिनिकको बदमासीको रुपमा बुझेका छन् ।

यस अघि सम्म पाण्डे सोही क्लिनिक रहेका थिए । उनी अहिले छैनन् । तर, बाहिर उनको नामको बोर्ड भने मंगलबार बिहान सम्म रहेको छ । भित्र अर्कै चिकित्सकले परीक्षण गरिरहेका छन् ।

पञ्चकन्या क्लिनिकले भने हिजो मात्रै पाण्डे केही महिनाको लागि बाहिर गएको हुँदा नयाँ डाक्टरको बोर्ड तयार गर्न भनिएको बताएको छ ।


१६ फागुन २०७९, मंगलवार १०:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु