सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी सिंहविरुद्ध अख्तियारमा उजुरी
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
जन्म मिति तथा शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली भएको दाबी गर्दै सिंहविरुद्ध अख्तियारमा उजुरी दर्ता गरिएको हो। सिंहले जन्म मिति सच्याएर र नक्कली शैक्षिक योग्यताको प्रमाण पेस गरेर जागिर खाएको आरोप लगाउँदै छानबिनको माग गरिएको छ।
सिंहले भारतीय शैक्षिक प्रमाणपत्र पेस गरेको र उक्त कलेजमा उनी पढ्दै नपढेकाले उक्त शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबी उजुरीमा गरिएको छ। उमेर पनि सच्याएकाले उनी हाल बहालमा रहेको नत्र डिआइजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा गइसक्नुपर्ने दाबी गरिएको छ।
डिआइजी सिंहको अहिले एआईजी बढुवा हुने बेला भएको छ। सिंहकै ब्याचबाट आगामी चैतमा १ जना आईजी ९महानिरीक्षक० हुनेछन् । सिंह समेत भावी आईजीको दाबेदार हुन्।
३ फागुन २०७९, बुधवार १३:३८ बजे प्रकाशित













