punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

केपी ओलीले गरे गठबन्धन भत्किने संकेत

Chaupati
safha napa

नेकपा एमाले अध्यक्ष केपी शर्माले गठबन्धन तोडिने संकेत गरेका छन्। अनेरास्ववियुको २३औं महाधिवेशन उद्घाटन कार्यक्रममा उनले पाँच दलीय गठबन्धन भत्कार सरकार बनाउन सफल भए पनि गठबन्धन फेरिने अवस्था रहेको संकेत गरे।

‘पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाएका छौं। यो सफलताको कुरा हो। कथमकदाचित यो स्थिति फेरियो भने,ु उनले संकेत गरे, ुसंसद्को बनावट नै अस्थिरताको कारक बनेको छ। स्थिरता, स्थायित्व हुन नदिने प्रयास भइरहेको छ,ु उनले भने।

उनले देशमा स्थिरता हुन नदिन अनेक किसिमका प्रयासहरू भइरहेको बताउँदै त्यस्तो डकैति हुन नदिन एमालेले पाले बन्नुपर्ने अवस्था आएको बताए। ुयो देश वर्वाद पार्न भित्र, बाहिरका शक्तिहरू क्रियाशील छन्। हामी सचेत हुनुपर्छ,ु उनले भने।

उनले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि रहेको बताए। ुराष्ट्रियताको रक्षकको प्रतिनिधि एमाले हो। समृद्ध नेपाल सुखी नेपाली हाम्रो आकांक्षा हो। यो हाम्रो गन्तव्य हो। हाम्रो दृष्टिकोण यसका निम्ति स्पष्ट छ,ु उनले भने।

बुर्जुवा शिक्षा बहिष्कार गर्ने नारा विल्कुल बेठिक रहेको उनको भनाइ छ। ओलीले भने, ‘मान्छेलाई अनपढ बनाउने बाटो हो त्यो। अनेरास्ववियुका विद्यार्थी ट्यालेन्ट हुनुपर्छ। आन्दोलनले गर्दा पढ्नै पाइएन भन्नै मिल्दैन। विद्यार्थीको काम पढ्ने हो। परिचयपत्र देखाएर अनेरास्ववियु भन्ने नहोस्। विचार, तर्क, कामको उत्कृष्टताबाट अनेरास्ववियु चिन्न पाइयोस्,ु उनले भने।


३ फागुन २०७९, बुधवार ०६:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु