punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेशसभा बैठक सारेपछि सभामुखसँग कांग्रेस असन्तुष्ट

Chaupati
safha napa

कैलाली । आजको प्रदेश सभाको बैठक सारेकोमा नेपाली कांग्रेसले विरोध जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानमा बसेपछि आज आह्वान गरेको प्रदेश सभाको बैठक भोलि बिहीबार १ बजेको लागि तोकिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूहरूसँग सल्लाह नै नगरी आज आह्वान गरिएको बैठक मुख्यमन्त्रीको इशारामा सभामुख भीमबहादुर भण्डारीले सारेको भन्दै विरोध जनाएको हो । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सत्तारुढ दलले आफ्नो कुर्सी बचाउन मनलाग्दी गरेको आरोप लगाएको छ ।

उनले भने, ‘हिजोको सर्वदलीय बैठकबाट २ घण्टाको लागि बैठकपछि सार्ने निर्णय भएको थियो । तर आज सर्वदलीय बैठकको निर्णयलाई लत्त्याउँदै सभामुखले संसदीय मर्यादा विपरीत काम गर्नुभएको छ । यसमा हाम्रो घोर आपत्ति छ । ठुलो असहमति छ । यसो गर्दा भोलि सभामुखलाई नै गाह्रो होला । आज उहाँ जसरी एकल निर्णय गर्नुभएको छ, भोलि उहाँको निर्णयलाई अन्य दलले कसरी मान्ने भन्ने सवाल आउन सक्छ ।’

बैठक नै एकदिन सार्ने हल्ला भएपछि आफूले सभामुखलाई फोन गरेर नसार्न भनी सचेत समेत गराएको बताउँदै नेता शाहले आउँदो दिनमा सभामुखलाई महंगो पर्ने समेत चेतावनी दिए ।


२५ माघ २०७९, बुधवार १३:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु