टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८०० पुग्यो

सोमबार टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८०० पुगेको छ । कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार भूकम्पका कारण टर्कीमा ३३८१ र सिरियामा १४४४ जनाको मृत्यु भएको छ । अरु कैयौँ घाइते भएका छन् भने धेरै जना बेपत्ता भएका छन् ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय अनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७।९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७।८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा धेरैको मृत्यु भएको छ । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रससम्म पनि महशुस गरिएको थियो ।
२४ माघ २०७९, मंगलवार १३:५६ बजे प्रकाशित