punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अरुण चौधरीको विषयमा थप बहस २९ गते, सरकारी पक्षलाई पनि झिकाउन आदेस

Chaupati
safha napa

कैलाली २ बाट निर्वाचित सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा उच्च अदालतले कारण देखाउ आदेस जारी गरेको छ ।

हिजो उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश रिट दर्ता भएको थियो ।
न्यायाधीश अर्जुन प्रसाद कोइरालाको इजलासले अर्को पक्षलाई पनि बोलाउन आदेस दिएको छ ।
अर्को पेश २९ गतेलाई तोकिएको छ ।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीर बहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

छ महिना कैद भुक्तान गरेको भन्दै चौधरीलाई प्रहरीले १९ गते पक्राउ गरेको हो ।
चौधरी पक्षमा कानुन व्यवसायीहरूले सुनुवाइको मौका समेत नदिए अन्याय पूर्ण फैसला भएको भन्दै उच्च अदालतमा जिल्ला अदालतको फैसला बदर गर्न र धरौटी राखेर रिहा गर्न माग गर्दै रिट दर्ता गरिएको थियो


२३ माघ २०७९, सोमवार १४:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु