punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको एसपीएसँग कोलकत्ताको साउथ इन्टरनेशनल स्कुलको फराकिलो हार

Chaupati
safha napa

भारतको लखनउमा जारी इन्टरनेशल स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा धनगढीको एसपीए कलेजले फराकिलो जित हात पारेको छ । सोमबार राति लखनउस्थित सिटी मन्टेश्वरी स्कुलको मैदानमा भएको खेलमा एसपीएले कोलकत्ताको साउथ इन्टरनेशनल स्कुललाई ११० रनले पराजित गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको एसपीएले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा कोलकत्ता १६।१ ओभरमा सबै विकेट गुमाएर ६५ रनमा समेटियो । कोलकत्ताका यश पर्मरले सर्वाधिक २१, प्रथर्म खेमले १४ रन जोडे । एसपीएका सौर्य श्रेष्ठले सानदार बलिङ गर्दै ३ विकेट हात पारे । उनले ४ ओभरमा २ ओभर मेडन राख्दै १३ रन खर्चिएका थिए । यस्तै सचिन सावदले पनि ३ विकेट लिए । सचिनले ४ ओभरमा ९ रनमात्रै खर्चिए । त्यसबाहेक खगेन्द्र कुँवर, विप्लव खड्का, बसन्त कार्की र निर्मल भट्टले समान १–१ विकेट लिए ।

त्यसअघि सौर्य श्रेष्ठले ५९ रनको अर्धशतकीय पारी खेलेपछि एसपीएले १७५ रनको स्कोर बनाँएको थियो । ४४ बलमा उनले ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै अजयसिंह कडालले ३२ रन जोडे । ३२ बलमा उनले २ चौका र ३ छक्का प्रहार गरे । त्यसबाहेक खगेन्द्र कुवरले १८ बलमा २ चौका र १ छक्कासहित १८ तथा विपिन रावलले ९ बलमा ३ चौका र एक छक्कासहित १९ रन जोेडे ।

कोलकत्ताका यस पर्मर र सुर्याशं झाले समान ३–३ विकेट लिए । एसपीएको यो प्रतियोगितामा पहिलो जित हो । यसअघि दुई खेलमा लगातार हार ब्यहोरेको एसपीएको अगाडि बढ्ने सम्भावना अरु टोलीको नतिजामा भर पर्नेछ । खेलको म्यान अफ द म्याच एसपीएका सौर्य श्रेष्ठ चुनिए । यस्तै उनले वेस्ट सिक्सेस अवार्ड पनि हात पारे । त्यसबाहेक खेलको मोस्ट भ्यालुएबल प्लेयर एसपीएकै अजयसिह कडाल चुनिए ।

विश्वप्रशिद्ध सिटी मन्टेश्वरी स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल, श्रीलंका, ओमान, जिम्बाबेसहित भारतका कोलकत्ता, दिल्ली, पटना, हैदरावाद, मध्यप्रदेश, पञ्जाबलगायत शहरका टोलीहरुले सहभागिता १६ टोलीको जनाएका छन् । लिगकम नकआउट फम्र्याटमा हुने लिग लखनउका तीन क्रिकेट ग्राउण्डमा भइरहेका छन् ।


१६ माघ २०७९, सोमवार २१:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु