punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा मापसे र लेन अनुशासनको कारबाहीमा ट्राफिक कक्षा अनिवार्य

Chaupati
safha napa

मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासन उल्लंघन गर्ने चालकलाई कैलाली ट्राफिक प्रहरीले जरिवानासँगै ट्राफिक कक्षा पनि अनिवार्य गर्न थालेको छ। सोमबारदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले नियम पालनामा कडाइ गरेको हो।

दुर्घटना न्यूनीकरण गराउने उद्देश्यले यसरी दुईवटा कसुरमा एक घन्टा सचेतनात्मक कक्षा सुरु गरिएको हो। यस्तो प्रावधान यसअघि ट्राफिक प्रहरीले उपत्यकामा लागू गरेको थियो। कैलालीमा पहिलोपटक अनुशासन पालनासम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन हुन थालेको हो।

‘चालक र पैदलयात्रुकै सुरक्षाका लागि हामीले सचेतनामूलक ट्राफिक कक्षा सुरु गरेका हौँ,’ ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख, इन्स्पेक्टर वीरेन्द्र जोहारीले भने, ‘यसले ट्राफिक नियम पालनामा प्रोत्साहन मिल्ने हाम्रो अपेक्षा छ।’

जिल्लामा मादक पदार्थ सेवन गरी चलाउने र लेन अनुशासन उल्लंघन गर्ने प्रवृत्ति देखिएपछि ट्राफिक प्रहरीले कडाइ गर्न थालेको हो।


१६ माघ २०७९, सोमवार २१:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु