फेरि अर्का व्यक्तिले गरे आत्मदाहको प्रयास, उद्दार गर्ने व्यक्ति पनि घाइते
इलामका प्रेमप्रसाद आचार्यले काठमाडौँमा आत्मदाह गरेको घटना नसेलाउँदै पोखरामा फेरि अर्का एक जनाले आत्मदाह गर्ने प्रयास गरेका छन् ।
पोखरा महानगरपालिका— १३ मा पर्ने काहुँखोलाका स्थानीय कृष्णबहादुर क्षेत्रीले बाथरुपमा आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनलाई जल्दै गरेको अवस्थामा तत्कालै छिमेकीहरुले उद्धार गरेका थिए । स्थानीयका अनुसार क्षेत्रीले बाथरुमभित्र पसेर आफ्नै शरीरमा पेट्रोल हाली आगो लगाएका थिए । उनलाई जोगाउन जाँदा स्थानीय संगीता सापकोटाको शरीरमा पनि आगो लागेको छ ।
अहिले दुवै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । क्षेत्रीले के कारणले आगो लगाए भन्ने तथ्य खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१५ माघ २०७९, आइतवार १३:४९ बजे प्रकाशित













