रविले नागरिकता पाए पार्टी सभापतिमा फेरि आउने
रवि लामिछानेले आज नागरिकता पाए पार्टी सभापतिमा फेरि आउने भएका छन् । पुनः नागरिकता लिएर वैधानिक रूपमा उनी पार्टी सभापति बन्ने भएका छन् ।
‘नागरिकता पाउनेबित्तिकै सभापतिको कुर्सीमा उहाँ नै आउनुहुन्छ,’ रास्वपाका एक केन्द्रीय नेताले भने ।
सर्वोच्चको फैसलासँगै उनको सभापति पद पनि गएको थियो । हाल कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिइएको छ ।
१५ माघ २०७९, आइतवार १३:१६ बजे प्रकाशित













