punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका लागि उडेको जहाज मौसम खराबी भएपछि नेपालगन्जमा अवतरण

Chaupati
safha napa

काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एअरको जहाज मौसम खराबी भएपछि बाँकेको नेपालगन्जमा अवतरण गरेर तीनजना यात्रुलाई मात्र फर्काएर काठमाडौं फर्केको छ ।

मंगलबार साँझ ५ बजेर १९ मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेको नाइन एन( एनयू कलसाइनको यू४ २५५ विमान ७ बजेर ८ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो । विमानमा रहेका यात्रुमध्ये केहीलाई नेपालगन्ज छाडेर ७ बजेर ५८ मिनेटमा काठमाडौं फर्किएको हो । सोही विमानमा आएका ३ जना यात्रु पुनः काठमाडौं फर्किएका छन् । धनगढीमा पानी परेर अवतरण गर्न नसकेको र आधाघन्टा आकाशमा राखेर नेपालगन्ज फर्काइएको बुद्ध एयरका कर्मचारीले जनाएका छन् ।

बुद्ध एयर नेपालगन्जका कर्मचारी अर्जन रावलले धनगढीमा समस्या भएपछि नेपालगन्जमा ल्याण्ड भएको र प्यासेनजरलाई सोधेर केहीलाई बसमा धनगढी पठाइएको र ३ जनालाई सल्लाहमा पुनः काठमाण्डौ फर्काइएको बताए ।

तर सोही विमानमा नेपालगन्ज अवतरण गरेका यात्रु संजित सिंहले बुद्ध एयरका कर्मचारीले आफूहरुलाई कुनै वास्ता नगरेको गुनासो गरे ।


१० माघ २०७९, मंगलवार २२:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु