भूकम्पले बाजुरामा ४ घर भत्किए

कैलाली । बाजुमा भएको भूकम्पमा अहिले सम्म चार घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

अन्य विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी सूर्य थापाले जानकारी दिए । उनका अनुसार बडिमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएका हुन् ।

एक घर पूर्ण रुपमा भत्किएको छ भने अन्य तीन घरको पर्खालमा क्षति पुगेको डीएसपी थापाले बताए ।
आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५।९ रेक्टर स्केलको भूकम्प गएको थियो ।


१० माघ २०७९, मंगलवार १६:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु