punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सोनाम ल्होसारले भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ : मुख्यमन्त्री रावल

Chaupati
safha napa

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सोनाम ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

तामाङ समुदायको महत्वपूर्ण चाड सोनाम ल्होसारको अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै रावलले नेपाली समाज धार्मिक, सांस्कृतिक, भौगोलिक विविधतामा सहिष्णुता र बन्धुत्वको एकतामा अन्र्तघुलित रहेको जनाएका छन्।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक चाडपर्वहरुले नयाँ उमंग र उत्साहका साथ एकआपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरेका छन्।

‘तामाङ जातिमा नयाँ वर्षको आरम्भको खुशियाली स्वरुप मनाइने सोनाम ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ, यस पर्वले हाम्रो धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको सम्वर्धन गर्न महत्वपूर्ण योगदान पु-याइरहने विश्वास लिएका छु,’ शुभकामना मन्तव्यमा भनिएको छ, ‘मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको संरक्षण गर्नु हामी सबैको दायित्व हो।’

सोनाम ल्होसारले आफ्नो धर्म संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न प्रेरित गर्दै आएको बताउँदै उनले पर्वले सामाजिक सौहादर्ता र विकासमा एकताबद्ध भई राष्ट्र निर्माणका लागि अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

May be an image of text


८ माघ २०७९, आइतवार १५:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु