punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट :सुदूरपश्चिम अन्तिम चारमा

Chaupati
safha napa

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा सोमबार सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेका छन् ।
हिजो भएको दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरी दुई खेलमा शतप्रतिशत जित निकाल्दै चार अंकका साथ सेमिफाइनल प्रवेश गरेको छ । यही समूहबाट पहिलो दुई खेलमा जित हात पार्दै एपीएफ सेमिफाइनल प्रवेश गरिसकेको छ ।

लगातार दोस्रो हारपछि गण्डकीको सेमिफाइनल यात्रा टुंगिएको छ । ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा एक विकेट गुमाउँदै भेटायो । कप्तान बिन्दु रावलले ४३ बलमा आठ चौका मद्दतमा अविजित ४६ रन बनाइन् । सोभा रोकाया ८ रनमा अविजित रहिन् । गण्डकीबाट एकमात्र विकेट निरुता जीटीले लिइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट ग्मुाउँदै ६० रन बनाएको थियो । सिमान केसीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । सुदूरपश्चिमकी मनीषा चौधरीले ४ तथा स्नेहा महरा र ईश्वरी विष्टले समान एक विकेट लिए ।

दुई खेलमा शतप्रतिशत जित निकालेको प्रदेश १ चार अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको लुम्बिनीको दुई अंक रहेको छ । समान अंक भएको मधेस प्रदेश रनरेटका आधारमा तेस्रो स्थानमा छ । कर्णालीले दुवै खेल हारेको छ ।


३ माघ २०७९, मंगलवार ०७:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु