punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आफन्तलाई शव बुझाउन हतार नगर्न विज्ञको सुझाव , एयर बंगला दुर्घटनामा १० दिन लागेको थियो

Chaupati
safha napa

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा त्यसमा सवार अधिकांशको शव ‘रिकभर’ भएको छ।

चालक दलका ४ जना सदस्यसहित विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ। चार जना फेला पर्न सकेका छैनन्। भेटिएका शवहरू जलेको अवस्थामा रहेकाले त्यसको पहिचान अब मुख्य चुनौती बनेको छ।

त्यसो त आफन्तले केही शवको सनाखत गरेको समाचारहरू पनि आइरहेका छन्। तर जलेर चिनिन नसक्ने हुनाले शव छुट्टाएर सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम त्यति सजिलो हुँदैन।दुई जना फरेन्सिक चिकित्सकको टोलीलाई शव पहिचान तथा व्यवस्थापनका लागि सोमबार पोखरा लगिएको छ।

फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती सनाखत गरेकै भरमा शव जिम्मा लगाउनु चरम लापरबाही हुने बताउँछन्। ‘अहिले पोखराबाटै शव आफन्तलाई जिम्मा लगाउने कुराहरू आइरहेका छन्। हवाई दुर्घटनाजस्तो विषयमा शवको पहिचान र आफन्तलाई जिम्मा लगाउने आकाओ(इन्टरनेशनल सिभिल एभिएसन अर्गनाइजेसनको आफ्नै प्रोस्युडर छ। विना प्रक्रिया शव बुझाउँदा उल्टोपाल्टो हुन सक्छ’, त्रिवि शिक्षण अस्पतालका अवकाशप्राप्त पोस्टमार्टम विज्ञ वस्ती भन्छन्। उनी दुर्घटनामा परेका सबै शवको अनिवार्य पोस्टमार्टम हुनुपर्ने बताउँछन्।

‘यो भोलि इन्सुरेन्स क्लेमका लागि पनि आवश्यक हुन्छ। अन्यथा इन्सुरेन्समा समस्या हुन सक्छ’ ,आफ्नो व्यावसायिक करियरमा १५ हजारभन्दा बढी शव पोस्ट मार्टम गरेको बताउने वस्तीको अनुभव छ।

‘सुरुमा उपलब्ध शवहरूको पोस्टमार्टम गरेर त्यसको डेटा लिनुपर्छ’, वस्तीले भने, ‘आफन्तबाट पनि मृतकको हुलियाबारे फर्ममार्फत विवरण लिएर त्यसलाई दाँज्ने प्रोटोकल हुन्छ। यसो हेरेर चिनेकै भरमा दिने भन्ने हुँदैन।’ उनले आफन्तलाई पनि दाबी गरेर शव माग्ने अधिकार नहुने बताए ।

हुलियामार्फत पनि पहिचान हुन नसके दाँत, फिंगर प्रिन्ट्स र त्यसले पनि नभए डीएनए परीक्षणसम्म गर्नुपर्ने प्रोटोकल रहेको उनको भनाई छ। ५ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एयर बंगलाको विमान दुर्घटनामा फरेन्सिक टोलीले १० दिन लगाएर शवको पहिचान गर्दै आफन्तलाई बुझाएको उनले स्मरण गरे।

‘त्यतिबेला डिएनएबिनै हामीले सबै शवको पहिचान गरेर आफन्तलाई बुझाएका थियौँ। त्यसमा २०÷२५ वटा शव बंगाली नागरिकको थियो। हामीले फिंगर प्रिन्ट मगाएर शवको पहिचान गरेका थियौँ। केही शव आफन्तले दिएको हुलियाका भरमा पनि पनि पहिचान भएको थियो। तर ती सबैमा सिस्टमेटिक अप्रोच फलो भएको थियो। पहिचान गर्ने फरेन्सिक टोलीले जवाफ दिनुपर्छ। यो कुरा एक पेजमा सकिने विषय होइन’, उनले भने।

एयर बंगला दुर्घटनामा ५१ जनाको ज्यान गएको थियो। आइतबारको दुर्घटना नेपालको आन्तरिक हवाई विमान उडानमा अहिलेसम्मकै सबैभन्दा ठुलो मानवीय क्षति भएको घटना हो।


२ माघ २०७९, सोमवार १४:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु