punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउ लगातार बढेर तोलामा १ लाख ५ हजार नाघ्यो

Chaupati
safha napa

सुनको भाउ लगातार बढेको छ । आज तोलामा २ सय रुपैयाँले बढेर १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।

हिजो सुनको भाउ तोलामा १ लाख ५ हजार रुपैयाँ थियो । २०७८ साल फागुन २५ गते भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेको थियो । तर, केही दिनयता फेरि भाउ बढेको बढ्यै छ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा पुगेको छ।


२ माघ २०७९, सोमवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु