punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेकर्ड नजिक सुनको मूल्य, प्रतितोला एक लाख ५ हजार रुपैयाँ पुग्यो

Chaupati
safha napa

नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ।

सुनको भाउ उकालो लागिरहँदा पछिल्लो ९ महिनायताकै उच्च बिन्दुमा पुगेको छ।

यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो।

आज सुन प्रतितोला एक लाख ५ हजार रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा पाँच सय रुपैयाँले मात्र कम हो।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको हो।


१ माघ २०७९, आइतवार १६:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु