punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्कुल बसको ठक्करले एकको मृत्यु

Chaupati
safha napa

झापामा बसको ठक्करबाट एकको मृत्यु भएको छ । गौरादह नगरपालिका-१ स्थित माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको बसले पैदलयात्री ७२ वर्षीया तुसला दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

हिजो दिउँसो ३ बजे मे.२ ख २६७६ नम्बरको स्कुल बसले ठक्कर दिएकोमा दाहाललाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा हिजो राति साढे ९ बजे उनको मृत्यु भएको हो ।

बस चालक अमरलाल ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएको र सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


२९ पुस २०७९, शुक्रवार १३:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु