punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सांसद कै मत बदर भएको दिन संसद् भवनमा देखिएका अन्य रोचक दृश्य : सांसदको ‘जोक’ देखी सांसदलाई रोक सम्म

Chaupati
safha napa

बिहीबार प्रदेश सभा बैठकमा जनाउ घण्टी बजेको करिब ४० मिनेट सम्म नेपाली कांग्रेसका १९ जना, नेकपा एकीकृत समाजवादीका ४ जना र स्वतन्त्र १ जना मात्रै सांसद भित्र थिए ।

सभामुख निर्वाचनको तालिका अनुसार १ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुनु पर्ने थियो । तर, त्यो समय सम्म सर्वदलीय बैठक नै सकिएको थिएन । प्रदेश सभामा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टी भित्र देखिएको विवादले सभामुख निर्वाचनमा पनि असर पर्ने देखिएर माओवादी केन्द्र निर्वाचन नभइदिए हुन्थ्यो भन्ने मनसायमा देखिएको थियो । कांग्रेस भने तालिका अनुसार हुनु पर्नेमा जोड दिइरहेका थिए।

यस्तै विवादले करिब ३ बजे पनि बैठक सुरु भयो ।तर, सबै सांसद आएनन् । आजै मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण र सानो मन्त्रिमण्डल बिस्तारको कार्यक्रम पनि रहेको थियो । त्यसले पनि एमाले र माओवादीका नेताहरू दबाबमा थिए ।

संसद् बैठक सुरु भएपछि माओवादी, एमाले र नागरिक उन्मुक्तिका सांसदहरू क्रमिक रुपमा आए । यता कांग्रेस र नेकपा एकीकृत समाजवादी तथा स्वतन्त्र एक सांसदको संख्या २४ थियो । ज्येष्ठ सदस्य पनि काङ्ग्रेसकै शिवराज भट्ट भएपछि निर्वाचनमा सहभागी हुनेको संख्या २३ पुग्यो । उता सत्ता गठबन्धनबाट एमालेका १०, माओवादीका ११ र नागरिक उन्मुक्तिका ३ सांसद मात्रै प्रदेश सभा बैठकमा उपस्थित भए । अन्य चार सांसद आएनन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभा सदस्यमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ । नागरिक उन्मुक्तिका ४ सांसद उपस्थित नहुँदा धेरैले आज कसैको बहुमत नपुग्ने र भोली पुन मतदान हुने अपेक्षा गरेका थिए । धेरैले अनुमान गरेजस्तै आज सभामुख निर्वाचन भएपनि कसैको बहुमत भएन र भोली ११ बजे पुन मतदान हुने भयो । आज नागरिक उन्मुक्तिका ४ सांसद नआएर बहुमत नपुगेको होइन सांसदलाई भोट हाल्न नआएर बहुमत नपुगेको हो ।

सांसदलाई नै भोट हाल्न आएन
सुदूरपश्चिम प्रदेशमा आज सत्ता गठबन्धनबाट २७ जना सांसद थिए । सत्ता गठबन्धनमा नरहेका २३ सांसद थिए । सभामुख निर्वाचनमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र इतरबाट कांग्रेसका मानबहादुर रावल उम्मेदवार थिए ।

२७ जना सांसद आवश्यक पर्नेमा संसद्मा २७ नै सांसद हुँदा धेरैले भण्डारी निर्वाचित हुने अपेक्षा गरेका थिए । तर, दोस्रो चरणको मतदानमा सत्ता गठबन्धनका सांसदको एक मत बदर भयो । त्यसो हुँदा भण्डारीको मत २६ भयो । उनी निर्वाचित हुन सकेनन् ।

सांसदलाई प्रवेशमा रोक
प्रदेश सभा बैठक बसिरहेका बेला मुख्यमन्त्रीको शपथ ग्रहणको समय भएपछि केही समयका लागि प्रदेश सभा बैठक स्थगित गरिएको थियो । त्यो बेला मुख्यमन्त्री राजेन्द्र रावलले शपथ ग्रहण गरे र अन्य दुई मन्त्रीलाई नियुक्त गरे । उनीहरुले पदभार समेत ग्रहण गरे । त्यसपछि प्रदेश सभामा फेरी बैठक सुरु भयो । अबेर सुरु भएको बैठकमा जनाउ घण्टी बजिसकेपछि पनि एमालेका प्रदेश सभा सदस्य चक्र मल्ल पुगेनन् ।

केही बेर सम्म उनी नआएपछि ढोका बन्द भयो । त्यस लगत्तै पुगेका उनलाई मर्यादा पालकले माथिको निर्देशन भन्दै भित्र पस्न दिएनन् । निर्वाचन समय सम्म मल्ल बाहिरै हुँदा मत समेत दिन पाएनन् ।

भित्र जोक बाहिर झोका झोक
यस अघि सम्मका बैठकका सत्ता पक्षको सिटमा बस्दै आएका नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी र प्रकाश रावललाई सत्ता पक्षका मानबहादुर धामीले रमाइलो जोक गरे । उनीहरु प्रदेश सभा बैठक सुरु नहुँदा सम्म हास मजाक गरिरहेका थिए ।
हिजो सम्म सत्ता पक्षमै रहेका उनीहरु अहिले फरक फरक स्थानमा पुगेको भन्दै फेरी कुनै दिन एकै ठाउँमा भई सक्ने बताइरहेका थिए । प्रदेश सभा भित्र रमाइलो गफ गरिरहेका मानबहादुर धामी र दीर्घ सोडारी प्रदेश सभा बाहिर पनि गफ गरिरहेका थिए । त्यति बेलानै कांग्रेसका मानबहादुर रावल मानबहादुर धामीसँग कड्किए ।
रावललाई सत्ता गठबन्धनका सांसदले बाहिर रहेका सांसदलाई भित्र ल्याउन लागेको गलत सूचना पुराइएको थियो । आफै काङ्ग्रेसबाट सभामुखको उम्मेदवार रहेका रावल धामीसँग झोक्किँदै आए । यता धामी पनि रावलसँग कड्किए । दुबै बिच केही बेर चर्को भनाभन भयो ।

उम्मेदवार नै नरहेकालाई समर्थन
सभामुखका लागि कांग्रेसका मानबहादुर रावल र माओवादीका भीम भण्डारी मैदानमा थिए । नागरिक उन्मुक्ति संसदीय दलका नेता रामेश्वर चौधरीले आफ्नो धारणा राख्ने बेलामा सभामुखमा पृथ्वी बहादुर सिंहलाई आफ्नो पार्टीले समर्थन गरेको जनाएका थिए ।

उम्मेदवार नै जरहेका सांसदलाई नागरिक उन्मुक्तिले समर्थन गरेको भन्दा धेरै अल्लमल्ल परे । त्यस लगत्तै उनले सरी भन्दै आफ्नो पार्टीको समर्थन भीम भण्डारीलाई रहेको जनाए ।

घण्टी नबने पछि
सभाध्यक्ष शिवराज भट्ट प्रदेश सभाका कर्मचारीहरूलाई दोस्रो चरणको मतदान सुरु हुन लागेको जानकारी बाहिर रहन सक्ने प्रदेश सभा सदस्यहरूको लागि जनाउ घण्टी बनाउन निर्देशन दिए । नजिकै रहेका मर्यादा पालक घण्टी बजाउन गए । तर, घण्टी बजेन ।

प्रदेश सभा सदस्यहरूले घण्टी नबजेको बताए। फेरी सभाध्यक्ष भट्टले निर्देशन जारी गरे अर्का कर्मचारीले प्रयास गर्दा पनि घण्टी बजेन त्यति भएपनि बजाउनकै लागि एक मर्यादा पालकले सानो हाकिमको टेबलमा राखिने सानो घण्टी ल्याएर बजाएर सुनाए । बाहिर सम्म सुनिनु पर्ने घण्टी प्रदेश सभा सदस्यहरुले नै नसुन्ने गरि बजिरहेको थियो ।


२८ पुस २०७९, बिहीवार २१:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु