punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउ सामान्य बढ्यो

Chaupati
safha napa

बिहीबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाला सुन १ लाख ३ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ९०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाला सुन १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबीसुन १ लाख २ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदी भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।


२८ पुस २०७९, बिहीवार १२:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु