punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

झापामा ट्याक्टर र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक घाइते

Chaupati
safha napa

झापाको बुद्ध शान्तिमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ जिल्ला केराबारी गाउँपालिका-८ निवासी २१ वर्षीय योसन लिम्बू रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार बुद्धशान्ति- ३ स्थित झिलमिले पुल नजिकै मंगलबार दिउँसो करिब १स्३० बजे प्र १–०१–००१ त ९७९७ नम्बरको ट्याक्टर र को २० प ३२७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको थियो।

दुर्घटना परी मोटरसाइकल चालक लिम्बु र सोही मोटरसाइकल पछाडि सवार बेलबारी नगरपालिका-४ निवासी १७ वर्षीया लीला श्रेष्ठ घाइते भएका थिए।

घाइते मध्ये लिम्बुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको छ। श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ।

यता प्रहरीले दुवै सवारीसाधनसहित ट्याक्टर चालक इलाम जिल्ला रोङ गाउँपालिका-४ निवासी ३३ वर्षीय डिल्लीबहादुर लेप्चालाई नियन्त्रणमा लिएको छ।


१९ पुस २०७९, मंगलवार १६:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु