punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माधव नेपालको निर्देशन- आफ्ना नेताहरूको बद्ख्वाइँ गरेर अरुको प्रशंसा गर्ने ? यो तरिका बन्द गरौं

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीका नेताहरूलाई आफूलाई लागेको कुरा बैठकमा राख्न आग्रह गरेका छन् । पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई लागेको कुरा मिडियामा प्रचार गरेर पार्टी नबन्ने बताए ।

उनले भने, अनुशासन तोड्ने अनि हाम्रै स्वर ठूलो हुने । पार्टीको विरोध बाहिर गर्ने अनि हाम्रै स्वर ठूलो हुने । आफ्नो नेताहरूको बद्ख्वाइँ गरेर अरु नेताको प्रशांसा गर्ने अनि आफ्नै स्वर ठूलो हुने  यो तरिका बन्द गरौं । हामी नयाँ क्रान्तिकारी पार्टी बनाउन लाग्नुपर्छ ।’

उनले सबै कुरा पार्टीमा छलफल गर्ने नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी वरिष्ठ नेता मुकुन्द न्यौपाने र पार्टी सचिव रामकुमारी झाँक्रीले पार्टीविरुद्ध गतिविधि गरेको बैठकमा कुरा उठेपछि अध्यक्ष नेपालले यस्तो निर्देशन दिएका हुन् ।

उनीहरूमाथि एमाले र माओवादीको पैरवी गरेको र आफ्नै पार्टी अध्यक्षको बद्ख्वाइँ गरेको आरोप छ । झाँक्रीले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर दिएको टिभी अन्तर्वार्ता दिएकी थिइन् । भने, मुकुन्दले सार्वजनिकरूपमै नेतृत्वविरुद्ध बोल्दै आइरहेका छन् ।


१९ पुस २०७९, मंगलवार १५:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु