punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा सीटी स्क्यान सेवा सुरु,मुख्यमन्त्रीले गरे उद्घाटन

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा सीटी स्क्यान सेवा थपिएको छ।

अस्पताल स्थापनाको ८३ वर्षपछि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा सीटी स्क्यान सेवा सञ्चालनमा ल्याइएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार एक कार्यक्रमकोबीच सीटी स्क्यान सेवाको उद्घाटन गरे ।

No description available.

सो क्रममा उनले आफ्नो पालामा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको बतायो। ‘जसमध्ये यो अस्पतालमा सीटी स्क्यान सेवा सञ्चालन महत्त्वपूर्ण कार्य हो’, उनले भने।

सीटी स्क्यान सेवाको उपलब्धताले यो क्षेत्रका बासिन्दालाई उपचारमा सहज हुने मुख्यमन्त्रीको विश्वास थियो। उनले नागरिकलाई सहज, सर्वसुलभ तरिकाले सेवा प्रदान गर्न अस्पताल प्रशासनलाई आग्रह गरे।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७र७८ मा सीटी स्क्यानका लागि नौ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। अन्तर्राष्ट्रिय टेण्डर आह्वान गर्दा छ करोड ८७ लाख रुपियाँमा सीटी स्क्यान मसिन खरिद भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा। हेमराज पाण्डेयले जानकारी दिए।

No description available.

उनले बचत भएको रुपियाँ अस्पतालको लागि एमआरआई मेसिन खरिद गर्नका लागि खर्च गरेको बताए।

सीटी स्क्यान सेवा थपिनु प्रदेशवासीका लागि खुसीको कुरा रहेको भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले मसिन थप्ने तर, जनशक्ति अभावमा केही समयपछि बन्द हुने गरेकाले त्यसतर्फ सजग रहन अस्पताललाई आग्रह गरे।

अस्पताल सञ्चालक समितिका अध्यक्ष नरबहादुर शाहले अस्पतालमा सीटी स्क्यान सेवा सञ्चालनले यो प्रदेशका जनता सीटी स्क्यान गराउनकै लागि काठमाडौं, नेपालगञ्ज, भारत जानु पर्ने बाध्यताको अन्त्य भएको बताए।

No description available.


१७ पुस २०७९, आइतवार १५:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु