प्रधानमन्त्री दाहाललाई भेटेर भारतीय राजदूतले दिए मोदीले पठाएको बधाईपत्र
प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई भेटेका हुन् ।
भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाईपत्र राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए ।
भेटमा नेपाल भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
यसअघि बिहीबार नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए ।
१५ पुस २०७९, शुक्रवार १३:४९ बजे प्रकाशित































