punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनचाँदीको मूल्य बढ्यो

Chaupati
safha napa

सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला१ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबारको तुलनामा सुन प्रतितोला ५०० रुपैयाँ वृद्धि भएको छ । बिहीबार सुन प्रतितोला १लाख ९०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन बिहीबार प्रतितोला १ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


१५ पुस २०७९, शुक्रवार १२:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु