punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चेतन ऐडीको हत्यारालाई कारबाही गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण, लामिछानेले भने -कारबाही गर्छौ

Chaupati
safha napa

कैलाली । उपप्रधान तथा गृहमन्त्री रबी लामिछानेलाई एमाले सम्बद्ध विद्यार्थी सङ्गठनका नेताहरूले चेतन ऐडीको हत्यामा संलग्नहरूलाई कारबाही गर्न किन ढिलाइ भइरहेको छ भन्ने जिज्ञासा राखेका छन् ।
बाजुरामा हत्या गरिएका विद्यार्थी नेता ऐडिको हत्यामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आइरहेका विद्यार्थी नेताहरूले अहिले सम्म भइरहेको ढिलाइबारे गृहमन्त्रीसँग असन्तुष्टि व्यक्त गरे ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुनिता बरालको नेतृत्वमा गएको विद्यार्थी नेताहरूको टोलीले बाजुरामा बुथ कब्जा गर्न नदिएको भन्दै हत्या गरिएका ऐडिलाई न्याय दिन आग्रह गरेका थिए । यस अघि यही टोलले सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले समेत भेटेर घटनाको जानकारी गराउँदै दोषीमाथि कारबाहीको माग गरेको थियो ।

आज गृहमन्त्री भेट्न पुगेको टोलीले निर्वाचन सम्पन्न गरेर घरमै रहेको अवस्थामा घरबाट निकालेर कुटपिट गरी बीभत्स हत्या गर्ने सबैमाथि कारबाही हुनुपर्नेमा जोड दियो । बीभत्स हत्या गर्ने २४ जना विरुद्ध अहिले मुद्दा रहेको छ । तर, प्रहरीले सबैलाई पक्राउ गर्न आलटाल गरेको आरोप छ । केही पक्राउ परेका छन् । तर, उनीहरूलाई पनि उन्मुक्ति दिने चलखेल भइरहेको बिद्यार्थीहरुले गृहमन्त्रीलाई बताएका थिए ।

बिद्यार्थीहरुको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लामिछानेले सरकारले उक्त घटनालाई गम्भीर रूपमा लिने बताए । घटनामा संलग्न सबैलाई पक्राउ गर्न र कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने समेत गृहमन्त्री लामिछानेले विद्यार्थी नेताहरूलाई आश्वासन दिए ।

केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुनिता बराल सहित वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष आरपी लामिछाने, मोती विक उमेश आचार्य,महासचिव समिक बडाल, उपमहासचिव नरेश रोकाया, स्थायी कमिटी सदस्य तथा प्रदेश अध्यक्ष मनोज राई, केन्द्रीय सचिवालय सदस्य इन्द्र पौडेल, सागर भट्ट लगायतले लामिछानेलाई भेटेर दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

मङ्सिर ४ गते बाजुरामा हत्या गरिएका ऐडी अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्व विद्यालय अध्यक्ष थिए ।


१४ पुस २०७९, बिहीवार १७:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु